नेफ्स्कूनको २५ औं साधारणसभाबाट सम्मानित संस्था तथा व्यक्तित्वहरु

This post is also available in: Nepali

नेफस्कूनको २५ औं वार्षिक साधारणसभामा अन्तरराष्ट्रिय ब्राण्ड (एक्सेस) प्राप्त १२ र राष्ट्रिय ब्राण्ड (प्रोवेसन) प्राप्त १२ वटा बचत तथा ऋण सहकारी संस्थाहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ । त्यस्तै मुलुकभरको उत्कृष्ट संस्थाको रुपमा स्कोप ललितपुर र महिला सहकारीमा साहारा महिला धादिङ, उत्कृष्ट जिल्ला संघ रुपन्देही, प्रादेशिक उत्कृष्ट सहकारीहरु प्रदेश नं. १ बाट महिला साकोस इटहरी, २ बाट हातेमालो साकोस बारा, ३ बाट चित्रवन साकोस चित्तवन, ४ बाट सिवाइसी साकोस बागलुङ, ५ बाट सिर्जना साकोस बर्दिया, ६ बाट पिपलबोट साकोस सुर्खेत, र ७ बाट सिर्जना साकोस कञ्चनपुरलाई पुरस्कृत गरिएको छ । नेफ्स्कून उत्कृष्ट कर्मचारीको रुपमा कोमलराज अधिकारी, उत्कृष्ट व्यवस्थापकको रुपमा रनबहादुर थापा (जनउत्थान साकोस, रुपन्देही) उत्कृष्ट सेवा सञ्चालन प्रशंशा प्राप्त गर्नेमा अन्तरलगानीतर्फ संकल्प साकोस रौतहट, सदस्य सुरक्षा योजनातर्फ इटहरा साकोस, मोरङ, नेकोसप्लस सफ्टवेयरतर्फ जनकल्याण साकोस मकवानपुर र लघुवित्ततर्फ कोलमतेश्वर साकोस काठमाण्डौं रहेका छन ।

त्यस्तै नेफ्स्कून विद्वता पुरस्कार सहकारीविद केशव बडाल, नेफ्स्कून पत्रकारिता पुरस्कार सहकारी पत्रकार समाजका संस्थापक अध्यक्ष यादव हुमागाई, नेफ्स्कून संस्थापक अध्यक्ष पुरस्कार चन्द्र गौतम (मोरङ) र कृष्णकुमारी बस्नेत (दोलखा), अग्रज व्यक्तित्व सम्मान अनिरुद्ध्र प्रधान (काठमाण्डौं) र देवकी नेपाल (रौतहट), नेफ्स्कून राइफाइसन पुरस्कार एग्रिटेरा नेदरल्याण्ड, साकोस एकिकरण प्रशंशा किसान साकोस (नवलपरासी) र उत्कृष्ट शेयर सदस्य सम्मान लुम्विनी साकोस (रुपन्देही) लाई प्रदान गरिएको छ ।

मुलुकभरका वित्तिय सहकारी संघसंस्थाहरुको एपेक्स संगठनको रुपमा रहेको नेफ्स्कूनमा हाल २८४२ बचत तथा ऋण सहकारी संघसंस्थाहरु आवद्ध छन । प्रभावशाली केन्द्रीय विषयगत सहकारी संघको पहिचान बनाएको नेफ्स्कूनले वित्तिय सहकारी अभियानको हकहित, बहशपैरवी, अन्तरलगानी, तालिम तथा स्तरीकरणको कार्य गर्दछ । करीव दुई अर्वको कारोवार गरिरहेको नेफ्स्कूनले केन्द्रीय कार्यालय र १६ वटा फिल्ड कार्यालयहरु मार्फत वित्तीय सेवा र तालिमहरु उपलव्ध गराउदै आएको छ ।

b-1-2

b-1-2-3