नेफ्स्कूनमा नयाँ सञ्चालक समिति, डिबी बस्नेतको अध्यक्षतामा १९ सदस्यीय सञ्चालक समिति निर्माण

This post is also available in: Nepali

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को २५ औं साधारणसभा नयां सञ्चालक समिति र लेखा समितिको निर्वाचन र पदभार ग्रहण गर्दै समापन भएको छ । नेफ्स्कूनको नयाँ सञ्चालक समितिमा डिबी बस्नेतको अध्यक्षतामा १९ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्माण भएको छ ।

निर्वाचन परिणाम अनुसार अध्यक्ष पदमा डिबी बस्नेतले ११७७ मत ल्याई निर्वाचित हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नवराज सापकोटाले १६७ मत ल्याउनुभएको थियो । त्यस्तै बरिष्ठ उपाध्यक्षमा परितोष पौड्यालले ११४९ मत ल्याई निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी न्हुच्छेनारायण श्रेष्ठले १७४ मत ल्याउनुभएको थियो । त्यस्तै महासचिवमा चन्द्रप्रसाद ढकाल ८९९ मत ल्याई निर्वाचित हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी दिपक थापाले ४३९ मत ल्याउनुभएकोे थियो । त्यस्तै कोषाध्यक्षमा केशवप्रसाद पोख्रेल निर्विरोध निर्वाचित हुनुभएको छ ।

सञ्चालकहरुमा महिलातर्फ शान्ति अधिकारी (११०५), गोमा नेपाल (१०८४) र चन्द्रकुमारी खडका (१००९), प्रादेशिक तहमा प्रदेश नं. १ बाट घनश्याम अधिकारी (१०२८), प्रदेश नं. २ बाट डा. कृष्ण पौडेल (११०५), ३ बाट दीपक पनेरु (१०५९), ४ बाट भिम गुरुङ्ग (१०७३), ५ बाट कृष्णप्रसाद नेपाल (निर्विरोध), ६ बाट यज्ञप्रसाद ढकाल (निर्विरोध), ७ बाट माधवप्रसाद जोशी (निर्विरोध) निर्वाचित हुनुभएको छ । त्यस्तै ४ खुला सदस्यमा उद्धव सापकोटा (१०३३), चण्डि शर्मा पौडेल (१०१३), नानीकाजी शाक्य (९३६) र भरतप्रसाद दवाडी (९२९) निर्वाचित हुनुभएको छ । लेखा समितिमा संयोजक दामोदर अधिकारी (निर्विरोध), सदस्यहरुमा शुभद्रादेवी महतो (निर्विरोध) र बिपिन शर्मा (१,०३४) मत ल्याई निर्वाचित हुनुभएको छ ।

निर्वाचित पदाधिकारीहरुलाई प्रमुख निर्वाचन अधिकृत रामचन्द्र सिंखडाले पद तथा गोपनियताको शपथ गराउनुभएको थियो भने निवर्तमान अध्यक्ष एवम् एशियाली ऋण महासंघका प्रथम उपाध्यक्ष ऋषिराज घिमिरेले पदभार ग्रहण गराउनुभएको थियो । राष्ट्रिय सहकारी संघका अध्यक्ष एवम् सांसद केशव बडाल, बरिष्ठ उपाध्यक्ष मीनराज कंडेल, महिला उपाध्यक्ष एवम् सांसद ओमदेवी मल्ललगायतले शुभकामना दिनुभएको थियो ।

पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष बस्नेतले नेपालको वित्तिय सहकारी अभियानको व्यवस्थापन, विस्तार र स्तरीकरणका लागि अभियानमैत्री सहकारी ऐन, साकोस एकरुपता प्रणालीमार्फत सहकारीको गुणस्तरीयता र दिगो विकासका लागि नेफ्स्कूनले आफनो भूमिका थप प्रभावकारी बनाउने बताउनुभयो ।

नेफ्स्कून सञ्चालक समिति र लेखा समितिको पौष ३ गते बसेको पहिलो वैठकले २५ औं साधारणसभामा पाल्नुभएका प्रमुख अतिथि एवम् अतिथि महानुभावहरु, सहभागी सदस्य संस्थाका प्रतिनिधिहरु, सहकारीकर्मी, व्यवस्थापन कर्मचारीहरु, सञ्चारकर्मीहरु, शुभेच्छुक, शुभचिन्तकहरु सबैप्रति हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।

????????????????????????????????????

c-1-2-3