नेफ्स्कून अध्यक्ष एशियाली ऋण महासंघको प्रथम उपाध्यक्षमा निर्वाचित

This post is also available in: Nepali

नेफ्स्कून अध्यक्ष एशियाली ऋण महासंघको प्रथम उपाध्यक्षमा निर्वाचित

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून)का अध्यक्ष ऋषिराज घिमिरे हालै दक्षिण कोरियाको ईन्चोन शहरमा सम्पन्न एशियाली ऋण महासंघ (आकु)को ३५ औं साधारण सभात्राट महासंघको प्रथम उपाध्यक्षमा निर्वाचित हुनुभएको छ ।

दक्षिण कोरिया, नेपाल थाईल्याण्ड, बंगलादेश, श्रीलंका लगायत एशियाका २४ राष्ट्र सदस्य रहेको एशियाली ऋण महासंघमा नेफ्स्कून अध्यक्ष घिमिरे अन्य प्रतिस्पर्धीलाई उछिन्दै प्रथम उपाध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएको हो ।

आकुमा अध्यक्ष, दुई उपाध्यक्ष (प्रथम र द्धितीय), सचिव र कोषाध्यक्ष गरी ५ सदस्यीय सञ्चालक समिति रहने व्यवस्था छ । नेपालले साकोस अभियानमा प्राप्त गरेको सफलता र संघले कायम राखेको उचाईको कारण नै नेपालले उक्त पदमा निर्वाचित हुने हैसियत निर्माण गर्न सकेको हो ।

नेफ्स्कूनले अगाडी सारेका विधि, प्रविधि र गुणस्तर सुनिश्चितताका कार्यक्रमको सफलताको अध्ययन गर्न एशियाली ऋण महासंघको समन्वयनमा यसै वर्षदेखि विभिन्न एशियाली मुलुकका प्रतिनिधि सम्मिलित टोली नेपाल भ्रमणमा आउने कार्यक्रम निर्धारण गरिएको छ । यस्ता प्रतिनिधित्व र भ्रमणका कार्यक्रमले नेपालको साकोस अभियानलाई विश्व समुदाय समक्ष परिचित गराउनुका साथै अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार भई अभियानमा विभिन्न किसिमका सहकार्यहरुको लागि सहज हुने विश्वास गरिएको छ ।

सोही साधारण सभामा नेपालबाट १२ वटा साकोसहरुले एशियाली स्तरको ब्राण्ड (एक्सेस) सफलताको प्रमाणपत्र प्राप्त गरेका थिए । जसमध्ये चारवटाले सिल्भर र आठ वटा साकोसले ब्रोन्ज स्तरको प्रमाणपत्र प्राप्त गरेका छन् ।