एक्सेस

This post is also available in: English

एक्सेस

प्रतिष्पर्धात्मक बजारमा ब्राण्ड रणनीतिले वस्तु तथा सेवा प्रतिको विश्वास आर्जन र बजार व्यवस्थापनमा सहजिकरण गरिरहेको हुन्छ । वित्तिय बजारको प्रतिष्पर्धामा साकोसको व्यावसायिक सफलताको लागि ब्राण्डको अवधारणा र यसको सृजनशिल प्रयोग नविनतम सोचको उपज हो । एक्सेस कार्यक्रमले साकोसमा ब्राण्ड अवधारणाको माध्यामवाट व्यावस्थापनका उच्च जोखिमका क्षेत्रहरुमा सरल तरिकाले व्यावस्थापन गर्ने औजारहरु प्रदान गर्दछ र ब्राण्ड रणनीति मार्फत साकोसको व्यावसायिक दक्षताको विकास गर्दछ । यस कार्यक्रमले साकोसको प्रतिष्पर्धात्क लाभका क्षेत्रहरुमा रणनीतिक रुपमा सफल हुन सहयोग पुग्दछ ।

साकोसलाई समुदायको उत्कृष्ट एवं नमुना वित्तीय संस्था बनाउन यसले सहजिकरण गर्दछ भने सदस्यको लागि सम्पूर्ण वित्तीय समस्या समाधानको केन्द्र बन्दछ ।

बजारमा साकोसको बिशिष्ट पहिचान र दक्षता मार्फत व्यावसायिक सफलता प्राप्तिको यो औजार एशियाली ऋण महासंघको प्राबिधिक सहयोगमा नेफ्स्कूनका इच्छुक सदस्य संस्थाहरुमा संचालित छ । वि।सं।२०६५ सालदेखि नेपालमा सञ्चालनमा रहेको यस कार्यक्रमले सहकारीका सिद्धान्त, मुल्य र मान्यतालाई कसरी प्रतिष्पर्धात्मक बजार र बातावरणमा नविनतम प्रयोग गर्ने भन्ने रणनीति विकासमा सहयोग गर्दछ । यस कार्यक्रम वास्तवमा रणनीतिक व्यावस्थापनका चार पक्षहरुको सैद्धान्तिक आधारमा विकास गरिएको छ ।

१। वित्तीय दृष्टिकोण ९पल्र्स०, २। सदस्य दृष्टिकोण, ३। आन्तरिक व्यावसायीक दृष्टिकोण र ४। सिकाई एवं विकास दृष्टिकोण यी चारै दृष्टिकोणबाट सन्तुलित रुपमा संस्था सञ्चालन गर्दा मात्र व्यावसायीक सफलता सहित संस्था सञ्चालन गर्न सकिन्छ ।

साकोसको अवस्था विश्लेषणका लागि वित्तीय दृष्टिकोण ९पल्र्स०का १३, सदस्य दृष्टिकोणका २७, आन्तरिक व्यावसायीक दृष्टिकोणका २६ र सिकाई एवं वृद्धिका २० गरी जम्मा ८६ वटा सुचकका आधारमा मापन एवं विश्लेषण गरिन्छ । हालसम्म नेपालबाट एक्सेस कार्यक्रममा सहभागी ४३ साकोस मध्ये ४ वटाले सिल्भर स्तर र ८ वटाले ब्रोन्ज स्तर गरी १२ वटा साकोसहरुले एक्सेस ब्राण्ड प्राप्त गर्न सफल भएकाछन् ।

कार्यक्रममा सहभागिताका लागि साकोसहरुले नेपाल स्तरको ब्राण्ड ९प्रोबेशन०मा सफलता प्राप्त गर्नुपर्नेछ । तर प्रोबेशन कार्यक्रम शुरुहुनु अगावै एक्सेस कार्यक्रम सञ्चालनमा आएकोले उक्त अवधिमा भने साकोसहरुले सिधै एक्सेस कार्यक्रममा सहभागि हुन सक्ने प्रावधान रहेको थियो ।

Until now 47 SACCOS are enrolled in ACCESS Branding Process

Download Brouchure for Detail Information

ACCESS Branded SACCOS with Silver

1. Bindhavasini Saving Co-operative Society Ltd.
2. Janasachetan Saving & Credit Co-operative Society Ltd.
3. Shuvakamana Saving & Credit Co-operative Society Ltd.
4. Samudayik Saving & Credit Co-operative Society Ltd.

ACCESS Branded SACCOS with BRONZE

5. Kisan Saving & Credit Co-operative Ltd.
6. Mahila Savings & Credit Cooperative Society Ltd.
7. Kalyankari Savings & Credit Cooperative Society Ltd.
8. Hamro Janakalyan Savings & Credit Cooperative Society Ltd.
9. Siddhi Ganesh Saving & Credit Co-operative Society Ltd.
10. SCOPE Savings & Credit Cooperative Society Ltd.
11. Kisan Kalyan Savings & Credit Cooperative Society Ltd.
12. Upakar Savings & Credit Cooperative Society Ltd.
13. Itahara Savings & Credit Cooperative Society Ltd.
14. Budol Samudayik Saving & Credit Co-operative Society Ltd.
15. VYCCU Savings and Credit Co-operative Ltd.
16. Shree Barahi Saving & Credit Co-operative Society Ltd.
17. Gaindakot Swabhiman Savings & Credit Cooperative Society Ltd.
18. Milijuli Savings & Credit Cooperative Society Ltd.
19. Manakamana Savings & Credit Cooperative Society Ltd.