संघको बारेमा

This post is also available in: English

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) विगत करिब ३ दशक देखि बचत तथा ऋण सहकारी अभियान मार्फत समुदायको आर्थिक, सामाजिक र साँस्कृतिक जीवनस्तर उकास्न क्रियाशील बचत तथा ऋण सहकारी संस्था र संघहरुको राष्ट्रव्यापी प्रतिनिधित्व गर्ने केन्द्रीय संघ हो । यस केन्द्रीय संघमा नेपालका ७६ जिल्लाबाट प्रतिनिधित्व गर्ने करिब २९०० बचत तथा ऋण सहकारी संस्थाहरु, ६३ वटा जिल्ला बचत तथा ऋण सहकारी संस्थाहरु आवद्ध भएका छन् भने करिब २४ लाख व्यक्तिगत सदस्यहरु रहेको यस अभियानको केन्द्रीय संघ वि.सं. २०५५ सालदेखि एशियाली ऋण महासंघ (ACCU) को सदस्य हुँदै सोही मार्फत विश्व ऋण परिषद्(WOCCU) को सदस्य समेत रहेको छ । यस केन्द्रीय संघले दर्जनौ विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय निकायहरुसँगको साझेदारीमा बचत तथा ऋण सहकारीको संस्थागत विकासका कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ ।

रणनीतिक मार्ग निर्देश


परिकल्पना : नेपालमा सञ्जालिकृत र दीगो बचत तथा ऋण सहकारी संस्थाहरु सदस्य संस्थाहरुलाई गुणस्तरीय वित्तीय सेवा प्रदान गरी समुदायका व्यक्तिहरुको जीवनस्तर सुधार गर्न सक्ने बनाई दीगो सञ्जालिकृत बचत तथा ऋण सहकारी संस्थाहरु निर्माण गर्ने ।

 क) सदस्यहरुको दीगोपना

  • बहस पैरवी
  • तालिम तथा शिक्षा
  • अनुगमन तथा सुपरिवक्षेण
  • गुणस्तर सुनिश्चितता
  • स्थिरीकरण कोष
  • प्रविधिको विकास र नवप्रवर्तन
  • सञ्जाल व्यवस्थापन
  • व्यवसाय तथा सेवामा विकेन्द्रीकरण
  • साकोस समाधानहरुको विकास

ख) नेफ्स्कूनको बृद्धि 

  • सदस्यता विस्तार
  • व्यवशाय तथा सेवा विस्तार
  • साझेदारी तथा आवद्धता
  • सहकार्य मानव संशाधन व्यवस्थापन
  • प्रणाली कम्प्युटरीकरण
  • सेवाहरुको स्तरबृद्धि
  • भौतिक तथा सम्पत्ति निर्माण

ग) वित्तीय समावेशीकरणमा सवलिकरण

  • बचत तथा ऋण सहकारी प्रवर्धन
  • वित्तीय एवम् व्यशाय साक्षरता
  • विद्युतीय वित्त
  • महिला सहभागिता एमव् नेतृत्व विकास

घ) दीगो विकासका लागि लगानी अभिवृद्धि

  • आर्थिक विकासमा युवा
  • लघुवित्त, कृषि वित्त प्र
  • स्वच्छउर्जा प्रवर्धन तथा लगानी
  • व्यवसाय विकास सेवा प्रवद्र्धन
  • चुनौतीपूर्ण आयोजनामा लगानी