एक्सेस चौथो व्याचको दशौं समिक्षा बैठक

एक्सेस चौथो व्याचको दशौं समिक्षा बैठक

दाम्राभिट्टा साकोस रतुवामाई–८, मोरङको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा एक्सेस चौथा व्याजको दशौं समिक्षा बैठक माघ २२ गते सम्पन्न भएको छ ।

बैठकमा ५ साकोसका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । एक्सेसको उक्त व्याचमा हाम्रो साकोस, डाँफे साकोस, सुनपकुवा साकोस, लालीगुँरास साकोस र दाम्राभिट्टा साकोस आबद्ध रहेका छन् । बैठकको सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत बल्लभ तिमल्सिना र केशव दाहालले गर्नुभएको थियो ।

उक्त व्याचको आगामी एघारौं समिक्षा बैठक बैशाख १६ गते हाम्रो साकोस उर्लाबारीको आयोजनामा सम्पन्न हुने निर्णय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *