गौरीशंकर साकोसको संस्थागत विकास तालिम

गौरीशंकर साकोसको संस्थागत विकास तालिम

गौरीशंकर साकोस हेम्जा कास्कीको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा त्रि दिवशीय संस्थागत विकास तालिम माघ २२ गते चितवनको सौराहामा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष रुद्रनाथ पौडेलको अध्यक्षतामा आयोजित उक्त तालिमको उद्घाटन नेफ्स्कूनका सञ्चालक सदस्य शान्ती ढकालले गर्नुभएको थियो । तालिममा संस्थाका सञ्चालक, लेखा समिति, उपसमिति र उच्च व्यवस्थापनका कर्मचारी गरी कुल १४ जनाको सहभागिता रहेको थियो । तालिमको सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत प्रेमनाथ वाग्ले र भरत प्रसाद न्यौपानेले गर्नुभएको थियो ।

सहभागीहरुबाट तालिममा सिकेका विषयवस्तुहरुलाई संस्थामा लागु गरी तोकिएको समयाबधि भित्रै प्रोवेशन ब्राण्ड लिने गरी संस्थाका कृयाकलापहरु अगाडि बढाईने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *