दोलखालाई साकोस एकरुपता प्रणालीको नमूना जिल्ला बनाउने अभियानमा संघको उसमितिमार्फत महत्वपूर्ण निर्णयहरु पारित

दोलखालाई साकोस एकरुपता प्रणालीको नमूना जिल्ला  बनाउने अभियानमा संघको उसमितिमार्फत महत्वपूर्ण निर्णयहरु पारित

दोलखाको सहकारी अभियानलाई नेफ्स्कूनले अगाडि सारेको साकोस एकरुपता प्रणालीमा आबद्ध गर्ने उद्देश्यसहित संघको फिल्ड व्यवस्थापन उपसमितिको बैठक भाद्र २७ गते दोलखामा सम्पन्न भएको छ । संघले दोलखालाई साकोस एकरुपता प्रणालीको नमूना जिल्लाको रुपमा विकास गर्न २०७३ कार्तिक १० गतेदेखि विविध कार्यक्रमहरु अगाडि बढाएको हो ।

नेफ्स्कूनका सञ्चालक एवं फिल्ड कार्यालय व्यवस्थापन उपसमिति संयोजक उवद्ध सापकोटाको अध्यक्षतामा भाद्र २७ गते सम्पन्न बैठकका प्रमुख व्यक्तित्वमा संघका अध्यक्ष डी.बी.बस्नेत उपस्थित हुनुभएको थियो । उपसमितिका अन्य सदस्यहरुमा जीवसराज खड्का, भूमिराज खड्का र नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकाल, संघको फिल्ड कार्यालय दोलखाका प्रमुख कवी न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

बैठकले दोलखामा सञ्चालित साकोसहरुलाई संघले विकास गरेको नेकोस प्लस सफ्टवेयर अनिवार्य रुपमा प्रयोग गर्नका लागि सहुलियत दरमा सुविधा प्रदान गर्ने, साकोस एकीकरण अभियानस्वरुप आगामी पौषमा एकीकरण गोष्ठी आयोजना गरिने, साकोसहरुलाई जोखिममा आधारित साकोस सुपरिवेक्षण तथा अनुगमन कार्यक्रममा आबद्ध हुन सञ्चालक समिति मार्फत व्यवस्थापकलाई निर्देशन गरिने लगायतका विषयमा निर्णय गरेको छ । उक्त अवसरमा कर्मचारी व्यवस्थापनबाट दोलखाका साकोसहरुको विद्यमान अवस्था विश्लेषण प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो ।

दोलखा जिल्लामा सञ्चालित सहकारीहरुको अवस्था विश्लेषण गर्दा जिल्लाभर जम्मा ५२३ सहकारी रहेका छन्, त्यसमध्येमा १९८ बचत तथा ऋण सहकारी छन् । १८४ बचत तथा ऋण सहकारी जिल्ला बचत तथा ऋण सहकारी संघ दोलखामा दर्ता भएका छन् । कूल ६९ बचत तथा ऋण सहकारी भने संघमा आबद्ध छन् । कूल ५२३ सहकारीमा १ लाख ८५ हजार ४९१ जना सदस्य रहेका छन् भने कूल १९८ बचत तथा ऋण सहकारीमा १ लाख २४ हजार ५७१ जना सदस्य, जिल्ला बचत तथा ऋण सहकारी संघमा आवद्ध १८४ साकोसमा १ लाख २३ हजार ९१३ सदस्य र नेफ्स्कूनमा आवद्ध ६९ साकोसमा १ लाख १ हजार ७६१ जना सदस्य छन् । दोलखा जिल्लामा रहेका सहकारीका कूल सदस्यहरुको अनुपातमा नेफ्स्कूनमा ५५ प्रतिशत, डिभिजनमा दर्ता भएका साकोसहरुको अनुपातमा नेफ्स्कूनमा ८२ प्रतिशत र जिल्ला बचत संघमा दर्ता भएका साकोसको अनुपातमा नेफ्स्कूनमा ८२ प्रतिशत सदस्य रहेका छन् । दोलखा जिल्लामा रहेको कूल सहकारीको बचत निक्षेपको अवस्थालाई हेर्दा नेफ्स्कूनमा आबद्ध साकोसको बचत निक्षेप ८१ प्रतिशत छ ।

दोलखा जिल्लामा आवद्ध सबै प्रकृतिका सहकारी मध्ये साकोसहरुको कारोबार तुलनात्मक रुपमा बढी छ । जिल्ला बचत तथा ऋण सहकारी संघ लि. दोलखाको कुल सम्पत्तीमध्ये नेफ्स्कूनमा आबद्ध साकोसहरुको कुल सम्पत्ती ९४ प्रतिशत भन्दापनि बढी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *