साकोस एकरुपता प्रणाली र CURBS कार्यक्रम आबद्धताका लागि ११ साकोसको सम्झौता

साकोस एकरुपता प्रणाली र CURBS कार्यक्रम आबद्धताका लागि ११ साकोसको सम्झौता

नेफ्स्कून फिल्ड कार्यालय दोलखाको आयोजनामा साकोस एकरुपता प्रणालीमा आवद्धता सम्बन्धी दुई दिवसीय गोष्ठी दोलखाको तामाकोशी गाउँपालिकाको सभाहलमा (आज) पौष १९ गते सम्पन्न भएको छ । तामाकोशी गाउँपालिका क्लष्टर स्तरीय उक्त गोष्ठीबाट नेफ्स्कूनमा आवद्ध उक्त गाउँपालिकाका सबै साकोसहरुले साकोस एकरुपता प्रणाली कार्यक्रममा सम्झौता गरेका छन् ।

पहिलो चरणमा उक्त क्लष्टरबाट सुरु भएको एकरुपता प्रणाली सम्झौताको क्रममा ११ वटै साकोसहरुले साकोस एकरुपता प्रणाली लागू गर्ने विषयमा आवद्धता सम्झौता गरेका हुन् । उक्त क्लस्टरको बाँकी एउटा संस्थाले भने एकीकरणको घोषणा गरिसकेको छ । साथै यस क्लष्टरमा रहेका ११ वटै साकोसहरुले नेफ्स्कूनद्वारा सञ्चालित जोखिममा आधारित साकोस सुपरिवेक्षण तथा अनुगमन (CURBS) कार्यक्रम आबद्धताका लागि समेत सम्झौता गरेका छन् । संघको जिल्लाव्यापी एकरुपता प्रणाली कार्यान्वयन अन्तर्गत दोलखा जिल्लामा ४ वटा क्लष्टर निर्माण गरिएको र यस मध्येबाट एउटा क्लष्टरमा आबद्ध सबै साकोसहरुले साकोस एकरुपता प्रणाली र CURBS कार्यक्रम आबद्धताको लागि सम्झौता गरेका हुन् ।

गाउँपालिका क्लष्टर स्तरीय उक्त गोष्ठीमा नेफ्स्कूनमा आबद्ध ११ वटै साकोसहरुबाट अध्यक्ष तथा व्यवस्थापक गरी २३ जनाको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकाल र फिल्ड कार्यक्रम अधिकृत कवि न्यौपानेले गर्नुभएको थियो । कार्यक्रम उद्घाटनका क्रममा जिल्ला बचत संघका अध्यक्ष जीवससराज खड्का, जिल्ला सहकारी संघका महासचिव देवि प्रसाद शर्मा लगायतले मन्तव्य राख्नुभएको थियो । गोष्ठीले ५ बुँदे कार्ययोजना निर्माण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *