भेरी कर्णाली क्लष्टर दोश्रोको पन्ध्रौं प्रोबेशन समिक्षा बैठक सम्पन्न

भेरी कर्णाली क्लष्टर दोश्रोको पन्ध्रौं प्रोबेशन समिक्षा बैठक सम्पन्न

भेरी कर्णाली   क्लष्टर दोश्रोको १५ औं प्रोबेशन समिक्षा बैठक कार्तिक ११ गते सम्पन्न भएको छ । सुर्खेत रामघाटस्थित शिखर साकोसको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा सम्पन्न उक्त बैठकमा विभिन्न १३ साकोस आबद्ध छन् । बैठकमा नेफ्स्कूनका सञ्चालक यज्ञप्रसाद ढकालको प्रमुख आतिथ्यता र आयोजक साकोसका अध्यक्ष खड्गबहादुर चन्दको अध्यक्षता रहेको थियो ।

बैठकमा सञ्चालक ढकालले नेपालको वर्तमान सहकारी ऐनको व्यवस्था सम्बधी जानकारी गराउनु हुदै सहकारी ऐन २०७४ लाई पूर्ण एवं प्रभावकारी कार्यन्वयनका लागि सबै क्षेत्रबाट साकोसकर्मीहरु एकजुट हुन आग्रह गर्नुभएको थियो ।

बैठकमा विभिन्न ९ साकोसबाट ५३ जनाको सहभागिता रहेको थियो । उक्त बैठकले क्लष्टरको १६ औं समिक्षा बैठक २०७४ फागुन  ११ गते सुर्खेत जिल्ला बीरेन्द्रनगर स्थित जनहितकारी बचत तथा ऋण सहकारी संस्थाको आयोजनमा बस्ने निर्णय गरेको छ । बैठकको सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत केशबप्रसाद दाहालले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *