नेतृत्व विकास तालिम सहभागिताका लागि नेफ्स्कून प्रतिनिधि दक्षिण कोरिया प्रस्थान

नेतृत्व विकास तालिम सहभागिताका लागि नेफ्स्कून प्रतिनिधि दक्षिण कोरिया प्रस्थान

कोरियाली ऋण महासंघ (NACUFOK) को आयोजनामा मिति २०७४ मंसिर १७ देखि पौष १ गतेसम्म एशियाभर कार्यरत साकोसकर्मीहरुका लागि एकरुपता प्रणाली कार्यान्वयनमा नेतृत्व विकास तालिम शुरु भएको छ ।

नेफ्स्कूनको प्रतिनिधित्व गर्दै नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकाल र जनसचेतन साकोस दोलखाका प्रमुख कार्यकारी अधिकृत कृष्ण कुमार श्रेष्ठ तालिम सहभागिताका लागि मंसिर १६ गते दक्षिण कोरिया प्रस्थान गर्नुभएको छ ।

तालिम साकोस एकीकरण तथा सञ्जालीकरण र साकोस स्थिरीकरण कोष सन्बन्धी विषयबस्तुमा आधारित रहने छ । तालिम संयोजन एशियाली ऋण महासंघ (ACCU) को रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *