नेफ्स्कूनको पुरस्कार तथा सम्मानका लागि आवश्यक विवरण उपलब्ध गराउन सात दिन समय थप गरिएको सम्बन्धमा ।।

नेफ्स्कूनको पुरस्कार तथा सम्मानका लागि आवश्यक विवरण उपलब्ध गराउन  सात दिन समय  थप गरिएको सम्बन्धमा ।।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को साउन ३२ गते हुन लागिरहेको ३० औं स्थापना दिवसको अवसरमा संघले सदा झै यस बर्ष पनि विभिन्न विधामा उत्कृष्ठ सदस्य संघ/संस्थाहरु, अभियानका सहकारीकर्मीहरु, पत्रकार एवं व्यक्ति व्यक्तित्वहरुको योगदानको सम्मान स्वरुप पुरस्कार एवं सम्मानको घोषणा गर्ने निर्णय गरेको छ ।

संघले प्रदान गर्ने पुरस्कार तथा सम्मानका लागि सदस्य संघ/संस्थाहरुले प्रारम्भिक नामाङ्कन फाराम नेफ्स्कूनको वेवसाईट www.nefscun.org.np को डाउनलोड फोल्डरबाट डाउनलोड गरि भरेर संघको केन्द्रीय कार्यालयमा आईपुग्ने गरि साउन १७ गतेभित्र पठाउनु हुन अनुरोध छ ।

संघले नेफ्स्कून सर्वोत्कृष्ट संस्था पुरस्कार, नेफ्स्कून सर्वोत्कृष्ट जिल्ला संघ पुरस्कार, नेफ्स्कून उत्कृष्ट प्रदेश पुरस्कार र उत्कृष्ट व्यवस्थापक पुरस्कार गरी चारवटा विधामा पुरस्कार तथा सम्मानका लागि सदस्य संघ/संस्थाहरुलाई नेफ्स्कूनको वेबसाईटमार्फत पत्राचार समेत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *