नेफ्स्कूनमा आवद्ध सम्पूर्ण बचत तथा ऋण सहकारी संघ/संस्थाहरुलाई अत्यन्त जरुरी सूचना !!

नेफ्स्कूनमा आवद्ध सम्पूर्ण बचत तथा ऋण सहकारी संघ/संस्थाहरुलाई अत्यन्त जरुरी सूचना !!

नेफ्स्कूनद्वारा त्रैमासिक रुपमा प्रकाशित हुँदै आएको साकोस आवाज पत्रिका नेपालभरका बचत तथा ऋण सहकारी संघ संस्थाहरुको आफ्नै आवाज हो । साकोस आवाज २०७३ श्रावणदेखि नियमित रुपमा प्रकाशन हुँदै आईरहेको छ । तपाईँको पत्रिकामा तपाईँका आवाजलाई यथेष्ठ स्थान दिईनेछ । यसका लागि उपयुक्त लेख, रचना, कार्यगतिविधिका समाचार, जानकारी, तस्विर र शुभकामना सन्देशहरु पठाउन सक्नुहुनेछ । तपाईँको पत्रिका मार्फत तपाईँहरुको संस्थागत विवरण प्रकाशनका लागि समेत स्थान छुट्याईएको छ । पत्रिका प्रकाशनको निरन्तरताका लागि यहाँहरुका लेख रचनाको साथसाथै नियमित पाठकको समेत आवश्यकता रहने हुँदा पत्रिकाको बार्षिक ग्राहक बनेर सहयोग गरिदिनुहुन समेत हार्दिक अनुरोध गरिन्छ ।
लेख, रचना, सुझाव र प्रतिक्रियाका लागि सम्पर्कः
इमेलः radha@nefscun.org.np
मोवाईल नंं.ः ९८४१६६८३५९
पुनश्चः प्रति अंक रु.१५०/– बार्षिक ग्राहक शुल्क (प्रति ४ अंक) रु. ५००/– मूल्य राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *