नेफ्स्कून प्रदेश नं.–५ उपसमिति बैठक सम्पन्न, साकोस युनिफिकेशन तथा साकोस स्थिरीकरण कोष विषयक अन्तरक्रिया

नेफ्स्कून प्रदेश नं.–५ उपसमिति बैठक सम्पन्न, साकोस युनिफिकेशन तथा साकोस स्थिरीकरण कोष विषयक अन्तरक्रिया

नेफ्स्कून प्रदेश नं. ५ को उपसमिति बैठक साकोस युनिफिकेशन तथा स्थिरीकरण कोष विषयक एक दिवसीय अन्तरक्रिया सहित असोज २० गते नेपालगञ्जमा सम्पन्न भएको छ ।

बैठकमा नेफ्स्कूनका अध्यक्ष डी.बी. बस्नेतले प्रदेश उपसमितिहरुमार्फत नेफ्स्कूनका गतिविधि, भावी रणनीतिक लक्ष्य तथा उद्देश्य परिपूर्तिका लागि सहयोग पुगेको र प्रदेश उपसमिति सदस्यहरुले आफ्नो क्षेत्रबाट सहकारी अभियानमा ठोस योगदान पुर्याउन पहल गर्नुपर्ने बताउँदै सदस्यबीचका जिज्ञासाबारे प्रष्ट पार्नुभएको थियो ।

प्रदेश उपसमिति अन्तर्गत बैठकमा १२ जना साकोस प्रतिनिधिहरुसहित बाँके र वर्दिया जिल्लाबाट गरी साकोस युनिफिकेशन तथा स्थिरीकरण कोष विषयक कार्यक्रममा कुल ३१ जना सहभागी हुनुभएको थियो ।

प्रदेश उपसमिति बैठक आयोजनाको मुल उद्देश्य तथा प्रक्रियाका बारेमा नेफ्स्कूनका महासचिव चन्द्र प्रसाद ढकालले प्रष्ट पार्नुभएको थियो । प्रदेश नं. ५ अन्तर्गतका नेफ्स्कून फिल्ड कार्यालयहरुको प्रगति विवरण नेफ्स्कूनका सञ्चालक एवं फिल्ड व्यवस्थापन उपसमिति संयोजक कृष्ण नेपालले प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा साकोस स्थिरीकरण कोष सम्बन्धि प्रस्तुतीकरण नेफ्स्कूनका लेखा सुपरिवेक्षण समिति संयोजक दामोदर अधिकारीले गर्नुभएको थियो भने साकोस एकरुपता प्रणाली सम्बन्धमा नेपालगञ्ज फिल्ड कार्यालय प्रमुख विष्णु पौडेलले गर्नुभएको थियो ।
कार्यक्रमको अध्यक्षता नेफ्स्कूनका सञ्चालक एवं प्रदेश संयोजक कृष्ण नेपालले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *