नेफ्स्कून व्यवशाय प्रबद्र्धन अन्तरक्रिया

नेफ्स्कून व्यवशाय प्रबद्र्धन अन्तरक्रिया

नेफ्स्कून फिल्ड कार्यालय इटहरी, सुनसरी र दमक, झापाको आयोजनामा बेलवारी, मोरङमा नेफ्स्कून व्यवशाय प्रबद्र्धन अन्तरक्रिया माघ २६ गते सम्पन्न भएको छ । जिल्ला बचत संघ मोरङको सभाहल बेलवारी, मोरङमा संचालन भएको कार्यक्रममा सुनसरी, मोरङ र झापाका विभिन्न साकोसबाट ५६ जना साकोसकर्मीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता नेफ्स्कून संचालक सदस्य तथा फिल्ड कार्यालय इटहरी, सुनसरी व्यवस्थापन उपसमिति संयोजक गोमा नेपालले गर्नु भएको थियो भने नेफ्स्कून महासचिव चन्द्रप्रसाद ढकाल, कोषाध्यक्ष केशवप्रसाद पोख्रेल, सञ्चालक चन्द्रकुमारी खड्का, प्रदेश नं. १ उपसमिति सदस्य लक्ष्मी सापकोटा, फिल्ड कार्यालय इटहरी, सुनसरी व्यवस्थापन उपसमिति सदस्य रुद्रप्रसाद उप्रेती र शालिकराम ढकाल, जिल्ला सहकारी संघ मोरङ उपाध्यक्ष पार्वती बराल, जिल्ला बचत संघ मोरङ अध्यक्ष हरीप्रसाद सुवेदी साथै जिल्ला बचत संघ मोरङ पदाधिकारी तथा सञ्चालकहरुको विशेष उपस्थिति रहेको थियो ।

महासचिव चन्द्रप्रसाद ढकालले साकोसहरुले पूर्ण रुपमा स्वस्थ वित्तीय कारोवारमा ध्यान दिँदै नेफ्स्कूनले अगाडि सारेका कार्यक्रमहरुमा आबद्ध भई साकोसमा देखिएका असहजताहरुको समाधान गर्न प्रतिबद्ध रहनुपर्नेमा सहभागीहरुलाई आग्रह गर्नुभएको थियो ।

नेफ्स्कून कोषाध्यक्ष केशवप्रसाद पोख्रेलले अन्तरक्रिया आयोजनाबारे प्रष्ट पार्दै १ नं. प्रदेश कार्यालय कार्यान्वयनको लागि सबै साकोसहरुलाई पूर्ण सहयोग गर्न आग्रह गर्नु भएको थियो ।
कार्यक्रमको समापन गर्दै संघका सञ्चालक सदस्य गोमा नेपालले साकोस अभियानलाई सफल बनाउन सबैले सकारात्मक सहयोग पु¥याउनु पर्ने भन्दै अन्तरक्रियाबाट नै समाधानका उपाय निकाल्न सकिने भएकोले कार्यक्रम आयोजना गरीएको विचार व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम संचालन नेफ्स्कून फिल्ड कार्यक्रम अधिकृत रामकृष्ण भट्टराईले गर्नु भएको थियो भने व्यवस्थापनमा सहयोग नेफ्स्कून फिल्ड कार्यालय दमक, झापा इन्चार्ज गणेश भण्डारी, जिल्ला बचत संघ मोरङ व्यवस्थापक केदारनाथ दुलाल, कार्यालय सहायक संजीव धिमाल तथा फिल्ड कार्यालय इटहरी, सुनसरीका कार्यालय सहायक रामहरी भट्टराईले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *