पोखरामा साकोस व्यवस्थापकहरूको क्षमता अभिवृद्धि तालिम सम्पन्न

पोखरामा साकोस व्यवस्थापकहरूको क्षमता अभिवृद्धि तालिम सम्पन्न

नेफ्स्कून फिल्ड कार्यालय कास्की पोखराको आयोजनामा व्यवस्थापकहरूको क्षमता अभिबृद्धि तालिम पौष २३ गते सम्पन्न भएको छ ।

त्रि दिवसीय उक्त तालिममा २४ बचत तथा ऋण सहकारी संस्थाका २९ जना व्यवस्थापकहरू सहभागी हुनुभएको थियो । तालिम समापन समारोहलाई सम्बोधन गर्दै नेफ्स्कूनका सञ्चालक सदस्य भीम गुरुङले व्यवस्थापकहरूमा वित्तीय प्राविधिक विश्लेषण गर्ने क्षमता हुनु जरुरी रहेको बताउँदै संस्थाको दीगो विकासका लागि व्यवस्थापकहरू कै मूख्य जिम्मेवार रहेको बताउनुभयो ।

तालिमका सहभागीहरूले तालिम अत्यन्त उपयोगी रहेको बताउँदै सिकेका विषयहरू तुरुन्तै कार्यान्वयनमा लाने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । तालिम सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत बल्लभ तिमिल्सिना र भरत प्रसाद न्यौपानेले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *