प्रोवेशन कार्यक्रम साकोसहरुको गुणस्तर सुनिश्चित गर्न अब्बल रहेको बक्ताहरुको भनाई

प्रोवेशन कार्यक्रम साकोसहरुको गुणस्तर सुनिश्चित गर्न अब्बल रहेको बक्ताहरुको भनाई

पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (प्रोवेशन) अन्तर्गत राजधानी क्लष्टर प्रथमको दशौं समिक्षा बैठक भाद्र २३ गते महिला शक्ति साकोस बल्खुको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष बरिष्ठ अधिबक्ता शुष्मा बरालको अध्यक्षतामा आयाजित उक्त बैठकको उद्घाटन नेफ्स्कूनका निवर्तमान अध्यक्ष ऋषिराज घिमिरेले गर्नुभएको थियो । बैठकमा राजधानी प्रथम क्लष्टरमा आबद्ध ११ साकोसबाट २५ जना साकोस प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

बैठक उद्घाटन समारोह संवोधनका क्रममा प्रमुख अतिथि घिमिरेले साकोसहरुको गुणस्तर विकास गर्ने सबैभन्दा महत्वपूर्ण र उपयोगी कार्यक्रम प्रोवेशन भएको बताउनुभयो । संस्थालाई सुशासयुक्त र व्यवस्थापकीय रुपमा सवल बनाउन सम्पूर्ण साकोसहरु प्रोवेशन कार्यक्रममा अनिवार्य रुपमा आबद्ध हुन समेत आग्रह गर्नुभयो ।

नेफ्स्कूनका महासचिव चन्द्र प्रसाद ढकालले प्रोवेशन कार्यक्रमको आबद्धताले संस्थालाई प्रतिष्पर्धात्मक सेवा प्रवाहमा अब्बल बनाउन सक्ने र संस्थाको वित्तीय अवस्था स्वस्थ रहने जानकारी गराउनुभएको थियो ।
बैठकमा नेफ्स्कूनका सञ्चालक दिपक पनेरुले नेपाल स्तरको ब्राण्डिङ कार्यक्रमको सफलता पछि एशियाली स्तरमा प्रतिष्पर्धा गर्न सहज हुने र साकोसहरु एशियाली स्तरमा सूचिकृत हुने बताउनुभयो । बैठकको सहजीकरण नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकाल र कार्यक्रम अधिकृत जयराम बञ्जाराले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *