बजार प्रतिनिधिहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न

बजार प्रतिनिधिहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न

दोलखाको रमणीय चरिकोटमा २ दिने बजार प्रतिनिधिहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । यही २०७४ मंसिर १७ र १८ गते सञ्चालित उक्त तालिममा दोलखा र रामेछापका बजार व्यवस्थापक तथा बजार प्रतिनिधि गरी १७ जनाको उपस्थिति रहेको थियो ।

तालिमको सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत केशव प्रसाद दहालले गर्नुभएको थियो । तालिम समापनमा तथा प्रमाणपत्र वितरण समारोहको प्रमुख अतिथि जिल्ला बचत संघ दोलखाका अध्यक्ष एवं नेफ्स्कून फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्य जीवसराज खड्का रहनुभएको थियो ।

केशव प्रसाद दहालको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रम तथा प्रमाणपत्र वितरण समारोहको सञ्चालन नेफ्स्कूनका अधिकृत कवि न्यौपानेले गर्नुभएको थियो । कार्यक्रमको व्यवस्थापन नेफ्स्कून फिल्ड कार्यालय दोलखाले गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *