मोरङमा नेफ्स्कून लायन्स लघुउद्यम विकास परीयोजना सम्बन्धी अभिमुखीकरण

मोरङमा नेफ्स्कून लायन्स लघुउद्यम विकास परीयोजना सम्बन्धी अभिमुखीकरण

नेफ्स्कून फिल्ड कार्यालय इटहरी र झापाको आयोजनामा नेफ्स्कून लायन्स लघुउद्यम विकास परीयोजना सम्बन्धी अभिमुखीकरण माघ २६ गते सम्पन्न भएको छ । जिल्ला बचत संघ मोरङको सभाहलमा आयोजित उक्त अभिमुखीकरणमा मोरङका विभिन्न साकोसबाट ४० जना सहकारीमा आवद्ध व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

नेफ्स्कून संचालक सदस्य तथा फिल्ड कार्यालय इटहरी, सुनसरी व्यवस्थापन उपसमिति संयोजक गोमा नेपालको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा नेफ्स्कून महासचिव चन्द्रप्रसाद ढकाल, कोषाध्यक्ष केशवप्रसाद पोख्रेल, संचालक चन्द्रकुमारी खड्का, प्रदेश नं. १ उपसमिति सदस्य लक्ष्मी सापकोटा, फिल्ड कार्यालय इटहरी, सुनसरी व्यवस्थापन उपसमिति सदस्य पे्रम प्रकास कोइराला साथै जिल्ला सहकारी संघ मोरङ उपाध्यक्ष पार्वती बराल र लायन्समा आवद्ध पशुपती साकोस मोरङ अध्यक्ष तेजकुमार रिजालको विशेष उपस्थिति रहेको थियो ।

नेफ्स्कून कोषाध्यक्ष केशवप्रसाद पोख्रेलले स्वागत गर्नु भएको कार्यक्रमलाई नेफ्स्कून महासचिव चन्द्रप्रसाद ढकालले दिप प्रज्ज्वलन गरी उद्घाटन गर्नु भएको थियो ।
नेफ्स्कून महासचिव चन्द्रप्रसाद ढकालले साकोस मार्फत उद्यमशिलताको विकास गरी सरकार र सम्बन्धीत पक्षलाई उदाहरण पेश गर्नु पर्ने विचार व्यक्त गर्नु भएको थियो । सो क्रममा लघुउद्यम सम्बन्धी कार्यक्रमहरु थप गर्दै जाने भनाइ राख्दै यसको पछिल्लो उदाहरण राष्ट्रिय युवा परिषद्सँगको सम्झौता मार्फत युवा यद्यम कार्यक्रमलाई कार्यान्वयनमा ल्याईएको बताउनुभयो ।

लायन्समा आवद्ध पशुपती साकोस मोरङ अध्यक्ष तेजकुमार रिजालले लायन्सको बारेमा छोटो जानकारी गराउँनु भएको थियो । त्यस क्रममा उहाँले लायन्स अनुशासन र समय व्यवस्थापनमा सधै ध्यान दिने संस्थाको रुपमा रहेको हुदा यस प्रकारको सहकार्यले साकोसहरु समेत लायन्समा जोडिन आएकोमा खुसी व्यक्त गर्नु भयो । नेफ्स्कून संचालक सदस्य साथै लघुवित्त तथा उद्यमशीलता विकास उपसमिति संयोजक चन्द्रकुमारी खड्काले साकोसहरुले अबका योजना बनाउदा सदस्यलाई उद्यमी बनाउने गरी लघुउद्यम सम्बन्धी कार्यक्रमहरुलाई प्राथमिकताका साथ राखेर कार्यान्वयन गर्नु पर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रम संचालन नेफ्स्कून फिल्ड कार्यक्रम अधिकृत रामकृष्ण भट्टराईले गर्नु भएको थियो भने व्यवस्थापनमा सहयोग नेफ्स्कून फिल्ड कार्यालय दमक, झापा इन्चार्ज गणेश भण्डारी, जिल्ला बचत संघ मोरङ व्यवस्थापक केदारनाथ दुलाल, कार्यालय सहायक संजीव धिमाल तथा फिल्ड कार्यालय इटहरी, सुनसरीका कार्यालय सहायक रामहरी भट्टराईले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *