लक्ष्मी महिला साकोसको तीन बर्षे रणनीतिक योजना निर्माण तालिम सम्पन्न

लक्ष्मी महिला साकोसको तीन बर्षे रणनीतिक योजना निर्माण तालिम सम्पन्न

लक्ष्मी महिला साकोस पनौती काभ्रेको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा त्रि दिवसीय रणनीतिक योजना निर्माण तालिम पौष १९ गते सम्पन्न भएको छ । उक्त तालिममा साकोसका सञ्चालक समिति, लेखा समिति, ऋण समिति, शिक्षा उपसमिति र उच्च व्यवसस्थापनका कर्मचारी गरी २५ जनाको सहभागिता रहेको थियो ।

तालिम समापन समारोहलाई सम्बोधन गर्दै नेफ्स्कूनका अध्यक्ष डी. बी. बस्नेतले साकोस अभियानलाई तालिम, शिक्षा, सूचनाका साथै विविध प्रविधिमार्फत व्यावसायीक, अनुशासित र मर्यादित बनाउँदै गुणस्तर सुनिश्चितता गर्ने दिशामा हरेक साकोसले अझ बढी कसरत गर्नुपर्ने आवश्यता रहेको बताउनुभयो ।

तालिम सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत कृष्ण प्रसाद आचार्यले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *