सहकारी व्यवस्थापन तथा नेतृत्व विकास तालिम

सहकारी व्यवस्थापन तथा नेतृत्व विकास तालिम

नेफ्स्कून फिल्ड कार्यालय कञ्चनपुरको आयोजनामा कैलालीको अत्तरियामा त्रि दिवशीय सहकारी व्यवस्थापन तथा नेतृत्व विकास तालिम माघ २४ गते सम्पन्न भएको छ ।

तालिममा कञ्चनपुर, कैलाली, बैतडी र अछाम जिल्लाका गरि विभिन्न २१ साकोसबाट २६ जना साकोसकर्मीहरुको सहभागिता रहेको थियो । तालिम समापन समारोहको अध्यक्षता नेफ्स्कूनका सञ्चालक सदस्य माधव प्रसाद जोशीले गर्नुभएको थियो । समापन समारोह संवोधनका क्रममा सभाध्यक्ष जोशीले साकोसहरुमा आन्तरिक व्यवस्थापन तथा नेतृत्व विकास र आफ्ना सदस्यहरुलाई निति, विधि र प्रवधि अन्तर्गत ल्याउन निरन्तर गरिरहेको अभ्यासका बारेमा प्रष्ट पार्नुभयो ।

तालिमको सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत कृष्णप्रसाद आचार्यले र तालिम व्यवस्थापन कञ्चनपुर फिल्ड ईन्चार्ज विष्णु जोशीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *