साकोस कर्मचारी उत्प्रेरणा अभिमुखीकरण सम्पन्न

साकोस कर्मचारी उत्प्रेरणा अभिमुखीकरण सम्पन्न

सिर्जना साकोस बर्दिया र कोलिया साकोस रुपन्देहीका कर्मचारीहरुका लागि पोखरामा मंसिर १७ गते एक दिवसीय साकोस कर्मचारी नेतृत्व विकास तथा कर्मचारी उत्प्रेरणा अभिमुखीकरण सम्पन्न भएको छ ।

तालिममा दुवै साकोसका कर्मचारीहरु र व्यवस्थापक गरी १८ जना सहभागी हुनुभएको थियो । तालिममा संगठनात्मक संरचना, कर्मचारी व्यवस्थापन, जिम्मेवारी बाँडफाँड, सफलताका आधारहरु, सकारात्मक सोच विकास गर्ने तरिका लगायतका विषयबस्तुमाथी छलफल भएको थियो ।

तालिम सहजीकरण नेफ्स्कूनका प्राचार्य सञ्जयराज तिमिल्सिनाले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *