साकोस संचालकहरुको क्षमता विकास तालिम

साकोस संचालकहरुको क्षमता विकास तालिम

नेफ्स्कून फिल्ड कार्यालय सुर्खेतको आयोजनामा साकोस संचालकहरुको क्षमता विकास तालिम विरेन्द्रनगरको सुर्खेतमा शनिबार सम्पन्न भएको छ ।

नेफ्स्कूनका संचालक सदस्य यज्ञ प्रसाद ढकालको अध्यक्षतामा सम्पन्न उक्त तालिममा २३ साकोसबाट २६ जना साकोसकर्मीहरुको सहभागिता रहेको थियो । तालिमको उद्घाटन राष्ट्रिय सहकारी महासंघका सञ्चालक पदम दाहालले गर्नुभएको थियो । कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष अमृत वि.सी., नेफ्स्कून ६ नं. प्रदेश उपसमिति सदस्य शिव प्रसाद सापकोटा, नेफ्स्कून फिल्ड कार्यालय उपसमिति सदस्य बम बहादुर वि.सी.लगायतको आतिथ्यता रहेको थियो ।

तालिम उद्घाटन सत्रलाई सम्बोधन गर्दै राष्ट्रिय सहकारी महासंघका सञ्चालक दाहालले नेफ्स्कूनले सञ्चालनमा ल्याएका कार्यक्रम तथा तालिमले सहकारीको गुणात्मक विकासमा योगदान पुगेको बताउनुभयो । नेफ्स्कूनका संचालक एवं ६ नं. प्रदेश उपसमिति संयोजक यज्ञ प्रसाद ढकालले नेफ्स्कूनले संचालन गरेका हरेक कार्यक्रम, वस्तु तथा सेवामा सहभागी भई साकोसलाई नीति, विधि र प्रविधिबाट सञ्चालन गर्न आग्रह गर्नुभयो । दुई दिवशीय उक्त तालिमको सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत कृष्ण प्रसाद आचार्यले र कार्यक्रम सञ्चालन सुर्खेत फिल्ड कार्यक्रम अधिकृत कोमल राज अधिकारीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *