साकोस सदस्यहरूलाई लघुउद्यम मार्फत स्वरोजगार बनाउने अभियानमा नेफ्स्कून

साकोस सदस्यहरूलाई लघुउद्यम मार्फत स्वरोजगार बनाउने अभियानमा नेफ्स्कून

नेफ्स्कून र लायन्स लघुउद्यम परियोजना अन्तर्गत बाँके र बर्दियामा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरुलाई उद्यम विकासमार्फत स्वरोजगार बनाउने उद्देश्यका साथ सञ्चालित अभिमुखीकरण पौष २५ गते सफलतापूर्वक सम्पन्न भएको छ । अभिमुखीकरण कार्यक्रमको पहिलो चरणमा २० साकोसबाट ४७ जना साकोस सदस्यहरुको सहभागिता रहेको थियो । बाँके र बर्दियाका ४ सय ५० साकोस सदस्यहरुलाई उद्यम विकासमार्फत स्वरोजगार बनाउने लक्ष्य संघको रहेको छ ।

नेफ्स्कूनका संचालक यज्ञ प्रसाद ढकालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमम प्रमुख व्यक्तित्व नेफ्स्कूनका महासचिव चन्द्र प्रसाद ढकाल र अतिथिहरुमा लायन्स क्लवका पुर्व डिस्ट्रीक गर्भनर श्याम शाक्य, हालका डिस्ट्रीक गर्भनर मधुसुदन शर्मा, लायन्स क्याविनेट सेक्रेटरी ज्ञानेन्द्र कुमार श्रेष्ठ, जिल्ला सहकारी संघका अध्यक्ष प्रेम सुवेदी, बाँके जिल्ला वचत संघका अध्यक्ष विनोद कुमार शाह, ५ नं. प्रदेश उप–समिति सदस्य नेत्र सापकोटा, शिक्षा उप–समिति सदस्य नेत्र शाही, महिला उप–समिति सदस्य विजया धिताल, फिल्ड कार्यालय उप–समिति सदस्य मिना सिग्देल लगायत रहनु भएको थियो ।

उक्त अभिमुखीकरण कार्यक्रममा नेफ्स्कूनका महासचिव चन्द्र प्रसाद ढकालले संघमा आवद्ध नभएका साकोसहरुलाई आबद्ध हुन आग्रह गर्दै नेफ्स्कून र लायन्स क्लवद्वारा सञ्चालित परियोजनामा सहभागी भई आफ्ना सदस्यहरुको जीवनस्तर माथि उठाउने काममा लाग्न आग्रह गर्नुभयो ।

उक्त कार्यक्रममा परियोजना सम्बन्धी प्रस्तुतीकरण नेफ्स्कूनका कार्यक्रम विभाग प्रमुख गणेश प्रसाद तिमल्सिनाले, संघको सेवा तथा कार्यक्रम र समग्र बस्तुस्थितीको विषयमा प्रस्तुतीकरण नेफ्स्कून नेपालगञ्ज फिल्ड कार्यक्रम अधिकृत कोमल राज अधिकारीले र कार्यक्रमको संचालन नेफ्स्कून फिल्ड कार्यक्रम अधिकृत विष्णु पौडेलले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *