सुर्खेतमा नेफ्स्कून फिल्ड कार्यालय स्थापना सम्बन्धी अन्तरक्रिया सम्पन्न

सुर्खेतमा नेफ्स्कून फिल्ड कार्यालय स्थापना सम्बन्धी अन्तरक्रिया सम्पन्न

नेफ्स्कूनको आयोजना र शिखर साकोस सुर्खेतको समन्वयमा ६ नं. प्रदेश विरेन्द्रनगर सुर्खेत मा संघको फिल्ड कार्यालय स्थापना सम्बन्धी पूर्व अन्तरक्रिया पौष २ गते सम्पन्न भएको छ । नेफ्स्कूनका सञ्चालक सदस्य यज्ञ प्रसाद ढकालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख व्यक्तित्व नेफ्स्कूनका ले.सु.स. संयोजक दामोदर अधिकारी र अथितीहरुमा सुर्खेत फिल्ड कार्यालय उप–समिति सदस्य खड्ग बहादुर चन्द, जिल्ला वचत संघका संचालक देवेन्द्र शाह लगायत रहनुभएको थियो ।

उक्त अन्तरक्रिया कार्यक्रमलाई संवोधन गर्दै संघका लेखा सुपरिवेक्षण समिति संयोजक अधिकारीले छिट्ै खुल्दै गरेको सुर्खेत फिल्ड कार्यालय सुर्खेत जिल्लाका साकोसहरुको रहेको र उक्त फिल्ड कार्यालयलाई स्थायीरुपमा संचालन गर्नको लागि सम्पूर्ण साकोसहरुले उक्त फिल्ड कार्यालयबाट नेफ्स्कूनका अन्तरलगानी लगायत सम्पूर्ण सेवा तथा कार्यक्रमहरुमा सहभागी भई कारोवार गर्न आग्रह गर्नुभयो ।

१६ वटा साकोसबाट ४० जनाको सहभागिता रहेको उक्त कार्यक्रममा संघको सेवा तथा कार्यक्रमका बारेमा नेफ्स्कून फिल्ड कार्यालय सुर्खेतका फिल्ड कार्यक्रम अधिकृत कोमल राज अधिकारीले प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रमको संचालन शिखर साकोसका व्यवस्थापक गोपाल थापाले गर्नुभएको थियो ।

संघले प्रदेश नं. ६ का साकोसहरुको गुणस्तरीयता, दक्षता तथा व्यवसायिकता बृद्धि गर्ने उद्देश्यले यही मिति २०७४ माघ ४ गतेका दिन विरेन्द्रनगर सुर्खेतमा संघको प्रदेश फिल्ड कार्यालय उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *