स्वर्णलक्ष्मी साकोस झापाका बजार प्रतिनिधिहरुको क्षमता विकास तालिम सम्पन्न

स्वर्णलक्ष्मी साकोस झापाका बजार प्रतिनिधिहरुको क्षमता विकास तालिम सम्पन्न

स्वर्णलक्ष्मी साकोस दमक झापाको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा मंसिर १५ र १६ गते बजार प्रतिनिधिहरुको क्षमता विकास तालिम सम्पन्न भएको छ ।

तालिममा उक्त साकोसका १८ जना बजार प्रतिनिधिहरु सहभागी भएका थिए । तालिम सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत कृष्ण प्रसाद आचार्यले गर्नुभएको थियो ।

उक्त तालिममा प्रशिक्षार्थीहरुलाई सहकारी सम्बन्धी आबश्यक ज्ञान, बचत सुरक्षा, बचत संकलनका क्रममा ध्यान दिनुपर्ने कुराहरु, आईपर्न सक्ने जोखिम र समाधानका उपाय लगायतका विषबस्तुहरुमा प्रशिक्षण दिईएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *