हातेमालो सहकारीद्वारा युवाहरुलाई स्वरोजगार कर्जा वितरण

हातेमालो सहकारीद्वारा युवाहरुलाई स्वरोजगार कर्जा वितरण

सिमरा, १८ श्रावण
हातेमालो बचत तथा ऋण सहकारी संस्थाले आफना १४ जना सदस्यहरुलाई बाइस लाख पचास हजार रुपैया स्वरोजगार कर्जा हस्तान्तरण गरेको छ । युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयबाट प्राप्त दोस्रो किस्ता रकम आज एक कार्यक्रमवीच संस्थाका अध्यक्ष एवम् नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) का सञ्चालक डा. कृष्ण पौडेलले हस्तान्तरण गर्नुभएको हो ।

स्वरोजगार कर्जा वितरण गर्दै अध्यक्ष डा. पौडेलले सहकारीको माध्यमबाट युवाहरुलाई व्यापक स्वरोजगार बनाउन सकिने बताउनुभयो । डा. पौडेलले राजनीतिक संक्रमणको अन्त्यसंगै मुलुकलाई आर्थिक आत्मनिर्भर र सामाजिक रुपमा एकतावद्ध बनाउनका लागि सबै नागरिकहरु प्रतिवद्ध हुनुपर्ने बताउनुभयो । सहकारीले सरकार र स्थानीय तहसंग मिलेर सामुहिक उद्यमव्यवसायमार्फत युवाहरुलाई रोजगारी र उद्यमव्यवसायमार्फत स्थानीय स्रोतसाधनहरुको सदुपयोग गर्न सकिनेछ । दीगो उद्यमव्यवसायमार्फत आयात प्रतिस्थापन गर्न सकिने, आर्थिक रुपमा पछि परेका समुदायलाई आर्थिक सामाजिक रुपान्तरणको मूलप्रवाहमा ल्याउन सकिने अवस्था विकास भएको डा. पौडेलले बताउनुभयो । अव गफ गरेर होइन, आत्मनिर्भरताका लागि उद्यम र सोमार्फत समाज रुपान्तरणमा क्रियाशिल हुननुपर्नेमा जोड दिनुभयो ।

संस्थाका सञ्चालक एवम् युवा उपसमिति संयोजक बिदुर घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा युवा तथा साना व्यवसायी स्वरोजगार कोषका प्रतिनिधि त्रिलोकविक्रम शाह, हातेमालोका सचिव यज्ञबहादुर आले, समाजसुधार कृषि सहकारी संस्थाका अध्यक्ष नारायणदत्त अधिकारीलगायतले बोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण व्यवस्थापक महेश ढुंगेलले गर्नुभएको थियो ।

हातेमालोले सदस्य तथा समुदायको वित्तीय सशक्तीकरणसंगै स्वरोजगार र सामाजिक उत्तरदायित्वका विभिन्न क्षेत्रमा काम गरिरहेको छ । संस्थाले आन्तरिक कोष अलावा स्वरोजगार कोष, नेपाल राष्ट्र बैंक ग्रामिण स्वावलम्वन कोष, नेफ्स्कून, राष्ट्रिय सहकारी बैंक, साना किसान विकास बैंकको सहकार्यमा सहुलियत व्याजदरमा स्वरोजगार कर्जा उपलव्ध गराउदै आएको छ ।

नौ वर्षअघि स्थापित हातेमालोमा हाल तीन हजार सदस्यहरुवीच २८ करोडको कारोवार गरिरहेको छ । हाल प्रदेश नं. २ को उत्कृष्ट बचत तथा ऋण सहकारी संस्थाको रुपमा पुरस्कृत भइसकेको र राष्ट्रिय ब्राण्ड प्रोवेशनको परीक्षामा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *