स्मरण साकोस डिल्लीबजारको आयोजनामा जोखिममा आधारित साकोस सुपरिवेक्षण तथा अनुगमन कार्यक्रम पहिलो समूहको चौथो बैठक आईतबार पुरानो बानेश्वरमा सम्पन्न भएको छ । बैठकलाई संवोधन गर्ने क्रममा नेफ्स्कूनका अध्यक्ष डी.बी. बस्नेतले साकोसमा पर्न सक्ने जोखिमको पूर्व अध्ययन गरी जोखिम रहित साकोस निर्माणका लागि नेफ्स्कूनले साकोस सुपरिवेक्षण तथा अनुगमन कार्यक्रमको थालनी गरेको बताउँदै सहकारी विभागमा पनि जोखिम समाधानका लागि आवश्यक छलफल भैरहेको बताउनुभयो । बैठकमा नेफ्स्कूनका सञ्चालक एवं चावहील फिल्ड कार्यालयका संयोजक तथा प्रदेश नं. ३ का संयोजक दिपक पनेरुले जोखिममा आधारित साकोस सुपरिवेक्षण तथा अनुगमन कार्यक्रम अन्तराष्ट्रिय मापदण्डमा पुग्ने आधारभूत कार्यक्रम रहेको बताउँदै कार्यदलका संयोजक र व्यवस्थापक यस कार्यक्रममा अनिवार्य रुपमा उपस्थित भई योजनाबद्ध रुपमा कार्य गर्न र विभिन्न तालिमहरुमा सहभागी बन्न आग्रह गर्नुभयो । आयोजक संस्थाका सञ्चालक एवं जोखिममा आधारित साकोस सुपरिवेक्षण तथा अनुगमन कार्यक्रमका कार्यदल संयोजक दुर्गानाथ गौतमको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा संस्थाका व्यवस्थापक निर्मल प्रसाद हुमागाईले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने कार्यक्रम सहजीकरण नेफ्कूनका कर्मचारी सचिन भट्टराईले गर्नुभएको थियो ।
