नेफ्स्कूनको नयाँ भवन उद्घाटन, सदस्य सेवाका सम्पूर्ण कार्यक्रमहरु आफ्नै भवनबाट

नेफ्स्कूनको नयाँ भवन उद्घाटन, सदस्य सेवाका सम्पूर्ण कार्यक्रमहरु आफ्नै भवनबाट

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को नयाँ बानेश्वरस्थित आफ्नै भवनबाट संघको कार्यक्रम विकास (नियमित योजना र परियोजना) र सदस्य सेवा तथा कार्यक्रम अन्तर्गतका कार्यक्रमहरु आज (२०७३ पौष २७ ) देखि सुचारु गरेको छ । नयाँ कार्यालय भवनको औपचारिक उद्घाटन नेफ्स्कूनका अध्यक्ष डिबी बस्नेतले गर्नुभएको छ ।
भवन उद्घाटन समारोहमा नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष परितोष पौड्याल, सञ्चालक सदस्यहरु दिपक पनेरु, चण्डीप्रसाद शर्मा पौडेल, प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटा, विभागीय प्रमुखहरु शिव अधिकारी, रामबाबु आचार्य, सञ्जयराज तिमिल्सीना, गणेशप्रसाद तिमल्सीना लगायत संघमा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
नेफ्स्कूनले आफ्नो २८ वर्ष पार गर्दै गर्दा स्थायित्वका लागि खरिद गरेको आफ्नै भवनमा आजदेखि नियमित कार्यालय सुचारु गरेको हो । जुन नेपाल कमर्श क्याम्पसको पछाडी रहेको आफ्नै भवनमा सरेको छ । संघको प्रशासन र व्यावसाय लगायतका सेवा भने साविक कार्यालयबाट नै सञ्चालन गरिएको छ । ।
सम्पर्कको लागि फोन नं. ः ०१ ४१०७२१०

Leave a Reply

Your email address will not be published. Required fields are marked *