सहकारी ऐन २०७४ र कर व्यवस्था सम्बन्धी अभिमुखीकरण सम्पन्न

सहकारी ऐन २०७४ र कर व्यवस्था सम्बन्धी अभिमुखीकरण सम्पन्न

नेफ्स्कून फिल्ड कार्यालय कलंकीको आयोजनामा मंसिर ५ गते सहकारी ऐन २०७४ र कर व्यवस्थापन सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ ।
नेफ्स्कूनका सञ्चालक दिपक पनेरुको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा कलंकी क्षेत्र आसपासका विभिन्न बचत तथा ऋण सहकारी संस्थाहरुबाट ५० जना साकोसकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहकारी ऐन २०७४ सम्बन्धी छलफल तथा अन्तरक्रिया र कर व्यवस्था सम्बन्धी अभिमुखीकरण सहजीकरण नेफ्स्कूनका प्राचार्य सञ्जय तिमिल्सिनाले गर्नुभएको थियो । प्राचार्य तिमिल्सिनाले प्रस्तुत गर्नुभएको सहकारी ऐन २०७४ सम्बन्धी कार्यपत्रमाथी सहभागीहरु बीच छलफल भएको र ऐन सम्बन्धी विविध विषयहरुबारे जानकारी गराईएको थियो । कार्यक्रममा काठमाडौं जिल्ला बचत संघका सञ्चालक तारा सापकोटा, नेफ्स्कून फिल्ड व्यवस्थापन उपसमिति सदस्य लक्ष्मी काफ्ले लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *