सामाजिक सुरक्षा र मानवीय समवेदनामा अग्रसर हुँदै सिवाईसी

सामाजिक सुरक्षा र मानवीय समवेदनामा अग्रसर हुँदै सिवाईसी

सुमन जि.सी, बागलुङ १६,
जिल्लास्थित चारतारे युवा क्लव नेपाल र सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले बुधबार संस्थाका शेयर सदस्य तथा शेयर सदस्यका आमाको निधनप्रती दुःख र समवेदना व्यक्त गरेको छ ।
समुदायमा सामाजिक सुरक्षा र मानवीय समवेदना सिवाईसी कार्यक्रम मार्फत संस्थाले सदस्यहरुको जन्म देखि मृत्यूसम्मका सुख दुःखमा भेटघाट तथा सहयोग लगायतका कार्यहरु गरी सामाजिक उत्रदायित्व बहन गर्ने कार्यमा निरन्तर अग्रसर भईरहेको छ ।
उक्त कार्यक्रमलाई निरन्तरता दिँदै संस्थाले जिल्लाको बा.न.पा.–९ नीवासी सदस्य गम्भीरा खत्रीका प्यारो छोरा, सदस्य डोलेन्द्र खत्रीका पुज्यनीय हजुरबुवा समाजसेवी क्रियाशिल व्यक्तित्व संस्थाका सदस्य स्व. लक्ष्मण खत्री र बा.न.पा.–४ नीवासी संस्थाका सदस्य लक्ष्मण शर्मा, योगेन्द्रप्रसाद शर्मा र गितादेवी शर्माका ममतामयी माता तथा सदस्य निर्मला शर्माका पुज्यनीय शासु समाजसेवी क्रियाशिल व्यक्तित्व स्व. रमाकुमारी शर्माको मिति २०७३ चैत्र ०९ गते एकैदिन भएको स्वर्गाहरोहण प्रति संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेल नेतृत्वको टोलीले खत्री र शर्माको घरमै पुगेर शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ । सोही क्रममा बोल्दै अध्यक्ष पौडेलले खत्री र शर्मालाई गुमाउनु पर्दा सिवाईसी मर्माहित भएको र संस्थालाई अपुरणीय क्षती पुगेको बताउनु भयो ।
श्रदाञ्जली सभामा वरिष्ठ अधिवक्ता एवम् संस्थाका संरक्षक पद्मनाथ शर्मा पौडेल र संस्थाका सल्लाहाकार समाजसेवी देववहादुर श्रेष्ठले शर्मा परिवारलाई संस्थाको नियमानुसार समवेदना पत्र र अध्र्वदैहीक सहयोग वापत रु १५ हजार तथा खत्री परिवारलाई संस्थाका अध्यक्ष पौडेलले समवेदना पत्र सहीत अध्र्वदैहीक सहयोग वापत रु २४ हजार सहयोग आफन्तलाई हस्तान्तरण गरेको संस्थाले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *