सिवाईसीको योजना तर्जुमा गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम पाल्पाको तानसेनमा सम्पन्न

सिवाईसीको योजना तर्जुमा गोष्ठी  तथा वित्तीय साक्षरता  कार्यक्रम पाल्पाको तानसेनमा सम्पन्न

सुमन जि.सी
बागलुङ, १४ बैशाख

चारतारे युवा क्लव सिवाईसी नेपालको आयोजनामा “हाम्रो प्रतिवद्धता, लघुवित्तमा शुद्धता” भन्ने मुल नाराका साथ बैशाख ९ गतेदेखि बागलुङ बजारबाट सुरुवात भएको शाखा स्तरीय योजना तर्जुमा गोष्ठी  तथा वित्तीय साक्षरता कार्यक्रम बिहीवार पाल्पाको तानसेन बजारमा सम्पन्न भएको छ ।

संस्थाले सञ्चालन गरीरहेको लघुवित्त कार्यक्रमको गुणस्तर वृद्धि गर्ने, कार्यक्रम मार्फत वित्तीय सेवाको पहुँच नपुगेको ठाउँहरुमा वित्तीय सेवाको पहुँच वृद्घी गर्ने, स्थानीय स्तरमा उठेका सवालहरुलाई संस्थाको केन्द्रीय तहसम्म चरणवद्घ उठान गर्ने, सदस्यहरुलाई वित्तीय रुपमा साक्षर बनाउने उद्देश्य सहित कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै संस्थाका संस्थापक, कार्यसमिति सदस्य एवं सिवाईसी लघुवित्त कार्यक्रमका सुरुवातकर्ता सीता शर्माले सिवाईसी नेपालले आफ्नो स्थापनाकाल देखिनै महिलाका हक र अधिकारका क्षेत्रमा कार्य गर्दै आईरहेको बताउनुभयो । शर्माले सिवाईसी नेपालले लघुवित्त कार्यक्रम मार्फत ग्रामिण क्षेत्रमा रहेका महिलाहरुलाई आय आर्जनका क्षेत्रहरुमा लगानी गरी उद्यमी बनाउने, बचत गर्ने वानीको विकास गर्ने, नेतृत्व तथा क्षमता विकास गर्ने कार्यका संगसंगै कार्यक्रमका सदस्यहरुको जन्मदेखि मृत्यु पर्यन्तसम्म सहयोग गर्दै आईरहको बताउनुभयो ।

सोही अवसरमा लघुवित्त कार्यक्रम मार्फत महिलाहरुको सशक्तीकरण र आय आर्जनमा उल्लेख्य कार्य गरी वार्षिक केन्द्र मूल्याङ्कनवाट शाखा स्तरमा उत्कृष्ठ हुने तानसेन शाखा, रामपुर शाखा, पुर्तिघाट शाखका महिला केन्द्रहरुलाई क्रमश प्रथम, द्धितीय र तृतीय स्थान हाँसील गरेकोमा नगद र प्रमाण–पत्रले पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा लघुवित्त कार्यक्रममा पछिल्लो समयमा देखिएका समस्या तथा कमजोरी र यसको समाधानका लागि सदस्यहरुले गर्नुपर्ने तथा थाहा पाउनुपर्ने विषयहरु र संस्थाले प्रदान गर्दै आईरहेका सेवा सुविधाहरुको बारेमा संस्थाका सिनीयर आन्तरीक लेखा परीक्षण अधिकृत मुक्तिप्रसाद शर्माले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा वाढि पहिरो तथा दैवी विपत्तीवाट क्षती भएको ठाउँमा तत्काल राहत उपलब्ध गराउने हेतुले संस्थाको स्थापनाकाल देखिनै सञ्चालनमा रहेको मुष्ठिदान कार्यक्रमलाई निरन्तर दिन संस्थामा कार्यरत कर्मचारीहरु तर्फवाट वार्षिक १ दिनको तलव र लघुवित्त कार्यक्रमका सदस्यहरुले आफ्नो ईचछानुसार अन्न तथा सहयोग रकम प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । यो कार्यक्रमका लागि संस्थाले छुट्टै स्वंसेवी कार्यदल गठन गरिसकेको र त्यस मार्फत तत्काल राहतका कार्यक्रमहरु सञ्चालनमा ल्याईने र सम्वद्ध सबैलाई सहयोग गर्न अध्यक्ष पौडेलले आग्रह समेत गर्नुभएको थियो ।

३ वटा शाखाका ६५ जनाको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता संस्थाका प्रवन्धक संगिता शर्माले गर्नुभएको थियो । कार्यक्रमको स्वागत पुर्तिघाट शाखाका प्रवन्धक राजेन्द्र गौतम र सञ्चालन सिनियर आन्तरीक लेखा परीक्षण अधिकृत मुक्तिप्रसाद शर्माले गर्नुभएको थियो । मिति २०७३ बैशाख ९ गते बागलुङ बजारबाट सुरुवात भएको कार्यक्रम १२ गते खर्वाङ बजार, १३ गते तम्घास बजार , १४ गते तानसेन बजार र १५ गते दमौली बजारमा सम्पन्न गरिने संस्थाले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *