ज्योति मिर्मिरे सामुहिक साकोसको सदस्य सेवा केन्द्र विस्तार

ज्योति मिर्मिरे सामुहिक साकोसको सदस्य सेवा केन्द्र विस्तार

काभ्रे असार–२७,
ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था लि.पनौतीले बनेपास्थित गोदाम चोकमा आज सदस्य सेवा केन्द्र स्थापनाको औपचारिक उद्घाटन गरेको छ ।

पनौती मुख्य कार्यालय रहेको उक्त साकोसका सदस्यहरुको आवश्यकतालाई सर्वोपरी ठानी सेवा सुविधा बृद्धि गर्ने उद्देश्यसहित संस्थाको तेस्रो सेवा केन्द्र स्थापना गरिएको साकोसका अध्यक्ष उद्धव सापकोटाले जानकारी दिनुभयो ।

सेवा केन्द्र उद्घाटनको अवसरमा बोल्दै नेफ्स्कूनका अध्यक्ष डी.बी. बस्नेतले नेपालमा एकैपटक चार वटा सहकारी संस्थाहरु एकीकरण अभियानको थालनी ज्योति मिर्मिरे सामुहिक साकोसबाट शुरुवात भएको र यसले आफ्नो सेवा केन्द्रहरुको विस्तार सँगै सदस्यहरुलाई नजिकबाटै सेवा उपलब्ध गराउन गरेको पहलकदमी अत्यन्त सर्हानीय रहेको बताउनुभयो ।

ज्योति मिर्मिरे साकोसका अध्यक्ष एवं नेफ्स्कूनका सञ्चालक उद्धव सापकोटाको अध्यक्षतामा सम्पन्न उक्त सेवा केन्द्र उद्घाटनका अवसरमा जिल्ला सहकारी संघका सञ्चालक एवं मोडेल साकोसका अध्यक्ष राजन शाक्य, जिल्ला बचत संघ काभ्रेका उपाध्यक्ष तीर्थमाया प्रधान, बहुउद्देश्यीय सहकारी संघ काभ्रेका अध्यक्ष विधान जोशी, पत्रकार महासंघ काभ्रेका सभापति मोतिराम तिमल्सिना लगायत साकोस सञ्चालक समितिका पदाधिकारी, शेयर सदस्यहरु, स्थानीय सहकारीकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन साकोसका सचिव दिपक दाहाले गर्नुभएको थियो ।

उक्त साकोस वि.सं.२०७२ सालदेखि नेफ्स्कूनद्वारा सञ्चालित नेपाल स्तरको ब्राण्डिङ कार्यक्रम प्रोबेशनमा समेत सहभागी बनेको छ । साकोस एकीकरण अभियान अन्तर्गत २०६९ फागुन १९ गते ज्योति साकोस, मिर्मिरे साकोस, सामुहिक महिला साकोस र जागृति नमूना साकोस एकीकरण भई ज्योति मिर्मिरे सामुहिक साकोसबाट एकीकृत सेवा शुरुवात गरेको थियो । यस साकोसले सेवा केन्द्रलाई व्यवस्थित र नीतिगत रुपमा सञ्चालन गर्न छुट्टै सेवा केन्द्र उपसमिति निर्माण गरी सेवा केन्द्र सञ्चालन नीति बमोजिम सो उपसमिति सञ्चालनको जिम्मेवारी समेत तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *